बंगलादेशमा डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा नजिकै नदीमा सोमबार विहान भएको डुंगा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जनाएका छन ।

यस दुर्घटनामा परेका २३ व्यक्तिको शव पानीबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन । दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेको अनुमान गरिएको हुसेनले बताए । उद्धारकार्य जारी रहेको बताइएको छ ।