कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु, एक करोड दुई लाख, ६५ हजार संक्रमित

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ४ हजार सात सय ४४ पुगेको छ । विश्वभर १ करोड २ लाख ६५ हजार २०७ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा दैनिक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ६६ हजार ६ सय १६ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार तीन सय व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५७ हजार तीन सय ४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार चार ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६ सय ८३ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ८२ हजार तीन सय ८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार नौ सय ७० जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ६६ हजार ६ सय ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार पाँच सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार तीन सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार आठ सय ५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार दुई सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । ओसियानामा नौ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २६ जनाको मृत्यु भएको छ ।