दुई दिनमै काठमाडौंमा २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार ८ आठ जनामा कोरोना पुष्टि भएको दोस्रो दिन आज मंगलबार काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै १२ जनामा कोरोना पुष्टि भएको हो ।

आज पुष्टि भएकामा काठमाडौंका १० जना, ललितपुरका एक र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।