दक्षिणकालीको बजेट ७५ करोड ३२ लाख, स्वास्थ्यलाई विशेष प्राथमिकता

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड करिब ३३ लाखको बजेट ल्याएको छ ।

हालै सम्पन्न पाँचौ नगरसभाले आर्थिक वर्ष २०७७÷७८ कालागि कूल ७५ करोड ३२ लाख ९७ हजार सात सय ४३ रुपैयाँको अनुमानित बजेट नगरकी उप प्रमुख बसन्ती डंगोल तामाङले प्रस्तुत गरेकी हुन ।

नगरपालिकाले चालू तर्फ २२ करोड ८९ लाख ५९ हजार तीन सय १३ रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ भने पुँजीगततर्फ ५२ करोड ४३ लाख ३८ हजार चार सय ३६ रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै बजेटमा समावेश नहुने तर नीति तथा कार्यक्रममा रहेको सामाजिक सुरक्षातर्फको ५ करोड ७७ लाख २५ हजार रुपैयाँ पनि पेश गरिएको छ । तयस्तै गरिब साना विश्वेश्वर परियोजना अन्तर्गत पाँच लाख ६८ हजार पेश गरिएको छ ।
सडक बोर्डतर्फ ३७ लाख र स्थानीय शासन तथा सामुदायिक विकासतर्फ ४ लाख ७७ हजार आठ सय ७० रुपैयाँ सभामा पेश गरिएको छ ।

दक्षिणकाली नगरपालिकाले आगाी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । शिक्षा, कृषि, वन तथा वातावरणलाई पनि नगरले विशेष महत्व दिएको नगर प्रमुख मोहन बस्नेतले बताए । त्यस्तै सरसफाई, युवा स्वरोजगार, महिला तथा बालबालिकाको क्षेत्रमा पनि बजेट केन्द्रित गरिएको छ ।

कोरोना महामारीपछि विदेशबाट फर्किएका युवालाई विशेष अवसर प्रदान गर्ने पनि नगर प्रमुख बस्नेतले बताए । कोरोना महामारी सँग जुध्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखिएकोले नगरले आगमी वर्ष पूर्वाधारलाई कम बजेट छुट्याइएको नगरकी उप प्रमुख तामाङले बताइन ।