गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन/तीन, कास्की र तनहुँका एक/एक र स्याङ्जाका आठजना छन् ।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ ।

२८ जनन थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ ।