भारतमा एकै दिन थपिए १८ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बनिरहेको छ । अहिलेसम्म विश्वका २१३ वटा देशमा फैलिएको कोरोनाले विश्वमा ५ लाख १३ हजार ९१३ जनाको मृत्यु भइसकेको छ । यस्तै १ करोड ५ लाख ८५ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५७ लाख ९५ हजार ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म् १७ हजार ४१० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ८५ हजार ७९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ४७ हजार ८३६जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलबार १८ हजार २५६ जना संक्रमित थपिएका छन् भने ५०६ जनाको मृत्यु भएको छ ।