ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड र नेपाल गोप्पे छलफलमा

काठमाडौं । मंगलबारको स्थायी कमिटी बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिधै राजीनामा मागेको दोस्रो दिन उनी थप छलफलमा सक्रिए भएका छन ।

ओलीलाई जतिसक्दो चाँडो राजीनामा दिलाउन अध्यक्ष प्रचण्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार अबेर ललितपुरको एक होटेलमा गोप्पे छफफलमा जुटेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी पंक्ति मात्र होइन समान हैसियतका अध्यक्ष दाहाललाई नै बाइपास गरेर निर्णय गर्ने, भारतले आफूलाई हटाउन चलखेल गरेको भन्दै कुटनीतिक रुपमा विवादास्पद अभिव्यक्ति दिने, सरकारको कार्यशैलीका कारण सिंगो पार्टीपंक्ति नै बदनाम भएको भन्दै स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको विषय चर्को बनेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान आफू निकट नेताहरुसँग छलफल गरेलगत्तै दाहाल–नेपाल गुट पनि ओलीको राजीनामा गराउने विषयलाई लिएर छलफलमा सक्रिए भएको स्रोतले बताएको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत ओलीको राजीनामा मागिसकेका छन ।

दाहाल, नेपाल लगायतको ललितपुर होटेलमा भएको छलफलले ओलीको सत्ता बहिर्गमनका लागि थप रणनीति बनाउने बताइएको छ । पछिल्लोसमय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई स्थायी कमिटी बैठकमै चर्को दवाव परेको छ ।