काठमाडौं उपत्यकामा थप ३२ सहित देशभर आज ४७३ संक्रमित थपिए, देशभर संक्रमितको संख्या १४ हजार पाँच सय नाघ्यो

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप २८ जनासहित देशभर देशभर चार सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि दुई दुई जना संक्रमित भेटिएका छन् ।

आजसम्म नेपालमा कोरोना संक्रमितको स‌ंख्या १४ हजार पाँच सय १९ पुगेको छ । संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।