गुल्मीको इश्मामा पहिरो, दुई जना बेपत्ता

गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरो जाँदा दुई जना वेपत्ता भएको अनुमान गरिएको छ । मल्दीको माथि रहेको पहाडबाट खसेको पहिरोले सडक र त्यसमुनीको सानो बजारसहितको वस्तीमा क्षति पुगेको हो ।

सदरमुकाम तम्घासबाट घटना भएको गाउँ करिब तीन घन्टा पैदल दुरीमा छ । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको र दुई बेपत्ता भएको बताइएको छ ।

पहिरोले केही घर, गोठ र बस्तुभाउ पुरेको स्थानीय पत्रकार रेशम कुवरले जानकारी दिए ।  उद्धारका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बोलाइएको गाउँपालिकाले जनाएको छ । पहिरोले इश्मा ४ को रातापानी र न्वाल गाउँका थप १४ घर परिवार विस्थापित भएको स्थानीय पत्रकारले बताएका छन ।

तस्बिरः सांकेतिक