भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार नाघ्यो, १८ हजारभन्दा बढीले गुमाए ज्यान

एजेन्सी । भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण फैलन थालेको छ । लकडाउन खुकुलो र बजार व्यवसाय संचालन भएसँगै भारतमा संक्रमण पनि तीव्र भएको देखिएको छ ।

पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको हो । २४ घण्टामा २१ हजार नौ सय ४७ जना कोरोना संक्रमित थपिन थालेका छन ।

बिहीबार २१ हजार नौ सय ४७, बुधबार १९ हजार चार सय २८ जना , मंगलबार १८ हजार दुई सय ५६, सोमबार १८ हजार तीन सय ३९ जना र आइतबार २४ घण्टामा दोस्रो सबैभन्दा बढी १९ हजार ६ सय २० संक्रमित थपिएका थिए ।

अहिलेसम्म कोरानाबाट संक्रमित हुने भारतमा ६ लाख २८ हजारको हाराहारीमा पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट निको हुने पछिल्लो २४ घण्टामा १९ हजार नौ सय ९९ जना पुगेका छन् । हालसम्म निको हुने ३ लाख ७९ हजार नौ सय दुई जना पुगेको त्यहाँको मन्त्रालयले जनाएको छ ।

हाला भारतमा सक्रिय संक्रमित २ लाख २८ हजार नौ सय ७५ जना रहेको दावी गरिएको छ । भारतमा कोरोनाका कारण १८ हजार दुई सय २५ जनाले बिहीबारसम्म मात्रै ज्यान गुमाएका छन ।