गण्डकीमा थपिए ३२ संक्रमित

कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमित हुनेहरूमा नवलपरासीका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमामा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।