तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।

हिजो बिहीबार छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो भने आज शुक्रबार पनि ५ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ४० रुपैयाँमा कायम भएको छ ।