गजल

० लिला अनमोल

बनायो उस्ले, आफूलाई सद्दाम बनायो
म यस देशको नागरिक हुँ, भन्न बदनाम बनायो

सङ्क्रमण छ जताततै मर्ने मरिरहेकैछन
उसले भ्रस्टाचार गरेरै, आफ्नो पहिचान बनायो

अरे आफ्नाहरु पराई भएका छन, एक्लै बस्नुपर्नेछ
लुकायो राहत भर्यो ढिकुटी, उसले जिन्दगी आराम बनायो

हुन त दुई केजी चामल र, एक केजी नुन बाँडेको न हो
उसले राहत बाँडेको प्रोफाइल, पिक्चर खुलेआम बनायो

मान्छे कत्ति अबिबेकी रहेछ, बुझ्दैछु भर्खर
मृत्युमै भ्रष्टाचार गरेर, सबलाई हराम बनायो

(बिर्तामोड, झापा)