किशोरीको लागि क्रिकेट प्रशिक्षण

राजविराज । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ ।

सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

खड्ग नगरपालिका–७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेका हुन् ।

सुरुङ्गा नगरपालिका र खड्ग नगरपालिकाको संयोजनमा क्रिकेटको विकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको सचिव श्रेष्ठले बताए ।