धनगढीको बेली जंगलमा दुई युवती मृत अवस्थामा भेटिए

धनगढी । धनगढी उपमहानगरपालिक– ७ को बेली जंगलमा दुई युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले मिडियालाई दिएको जानकारी अनुसार मृत भेटिनेमा धनगढी उपमहानगरपालिका ७ बेली बस्ने १९ वर्षीया गोमा बिक र चुरे गाउँपालिका घर भई हाल बेलीमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउत हुन ।

उनीहरु दुवै जना केही समयदेखि गोमा विककै घरमा बस्दै आएका थिए । दुवै जनाको शव मुचुल्का सहित पोष्मार्टमका लागि पठाइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । तर मृत्युको स्पस्ट भइसकेको छैन ।