ओली-दाहाल निर्णायक वार्ता हुँदै, नेकपा फुट्ला कि जुट्ला?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संहारमा पुगेको छ । गठनको २ वर्ष नपुग्दै नेकपा फुटको संघारमा पुगेको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँज मन्त्री तथा राज्यमन्त्रीलाई डाकेर नेकपा फुटको स‌ंहारमा पुगेको संकेत गरेका हुन् ।

स्रोतका अनुसार यस्तो अवस्थामा आज अध्यक्षद्वय ओली र पुष्पकमद दाहाल ‘प्रचण्ड’ बीच निर्णायक वार्ता हुन लागेको हो ।

स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुनेछ ।

बिहान १० बजेका लागि तय भएको बैठकले यसबारे निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्ने स्रोतको भनाइ छ ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका शीर्ष नेताहरू विवाद मिलाउन भन्दा पनि आ-आफ्नो शक्ति देखाउन क्रियाशिल हुँदा शनिबार बस्ने भनिएको दुई पक्षको बैठकसमेत हुन सकेन ।