एक सातामै विदेशमा कोरोना संक्रमणबाट १३ नेपालीले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रहेका थुप्रै नेपाली संक्रमित बनेका छन् । यो साता मात्रै भिविभन्न देशमा रहेका थप १३ नेपालीले ज्यान गुमाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो।

योसहित गरेर शनिबार साँझसम्म कोरोनाकै कारण १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको समितिले जनाएको छ। समितिका अनुसार बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको जयन गएको हो।