मदिरा सेवन गराएर बलात्कार गर्ने दुई पक्राउ

काठमाडौं । मादक पदार्थ मदिरा खुवाएर बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । २९ वर्षिया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २७ वर्षिय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोकका २८ वर्षिय भुवन बिष्ट रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।