देउवाको काँधमा बन्दुक राखेर विरोधी तर्साउँदै ओली

O अक्षरपाटी विशेष

काठमाडौं । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीको ‘दूत’का रुपमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्पाङले भेटवार्ता गरेको विषय यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चामा छ ।

केही मिडियाले उक्त भेटमा ओलीले नेम्वाङमार्फत ‘काँग्रेसले साथ दिएमा काँग्रेसलाई गृह र अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय दिन सकिने प्रस्ताव पठाएको’ भन्दै प्रस्तुत गरेका छन ।

तर काँग्रेस सभापति देउवा र नेकपा संसदीय दलका उपनेता नेम्वाङबीचको भेटघाट मात्र होइन बुधबार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवा बीच भएको दुबै भेटघाट नेकपाको विवादसँग सम्बन्धित नभएको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले स्पस्ट पारे । उनले भने, ‘सभापतिज्यू र नेम्वाङ भन्नुस कि सभापतिज्यू र प्रधानमन्त्री बीचको भेटघाट भन्नुस तीं दुबै नेकपाको आन्तरिक द्वन्दसँग सम्बन्धित छैनन ।’

काँग्रेसका वौद्धिक नेता लेखकले सभापति र प्रधानमन्त्री बीचको भेट विभिन्न संवैधानिक निकायको नियुक्तिलगायत देशको समसामयिक विषयसँग सम्बन्धित भएको र आइतबार नेम्वाङसँग भएको भेटघाट पार्लियामेन्टको विषयमा केन्द्रित रहेको बताए ।

नेता लेखकले भने, ‘हामीले यतिबेला नेकपाभित्रको विवादको कुनै चियोचर्चो गर्नुपर्ने अवस्था पनि छैन कुनै पोजिसन लिने हाम्रो हैसियत पनि होइन ।’ यद्यपित यी दुवै भेटघाटलाई आम रुपमा भने अर्थपूर्ण रुपमा लिइएको मात्र छैन केही मिडियाले ओलीले काँग्रेसलाई अर्थ र गृह मन्त्रालयलगायत महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरेको भन्दै प्रस्तुत गरेका छन ।

तर ‘तीं ललिपप’ ओलीले काँग्रेससँग सहकार्य गर्न, सम्बन्ध सुधार्न वा सत्ता सञ्चालन गर्न भन्दा पनि आफ्नो बचाउको तुरुपका रुपमा प्रयोग गरेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । ‘ओली सरकार मात्र होइन पार्टीमा समेत कमजोर बनेका छन’, एक राजनीतिक विश्लेषकले भने, ‘यतिबेला पनि उनी आफू जे पनि गर्नसक्ने हैसियतमा रहेको देखाउ काँग्रेससँगको सम्बन्धलाई अघि सारिरहेका देखिन्छन ।’

त्यसका लागि कहिले देउवालाई बोलाएर कुरा संवैधानिक निकायको गर्ने तर अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालहरुलाई तिमीहरु नभए पनि म देउवासँग मिलेर पनि अगाडि बढ्न सक्छु भन्ने सन्देश दिने त कहिले नेम्वाङलाई पठाएर कुरा संसदका गर्ने र सन्देश काँग्रेससँग गठबन्धनको दिन खोजिरहेको उनले बताए ।

काँग्रेससँग गठबन्धन गरेर जाँदै नजाने अवस्था नहोल तर ओलीले अहिले प्रयोग गरेको सुत्र भने काँग्रेसलाई देखाएर दाहाल, नेपाल र खनालहरुमाथि दवाव सिर्जना गर्न खोजेको विश्लेषण गरिएको छ ।

राजनीतिकमा जस्तो पनि तिगडम र त्रुप प्रयोग गर्न सिपालु सावित भएका ओलीले आफ्नै पार्टीका समान अध्यक्षसँग गरेको आधा आधा कार्यकाल सत्ता सञ्चालन गर्ने सहमति पनि टारेकाले उनको विश्वासमा पर्न नहुने सुझाव भने काँग्रेस नेताहरुले सभापति देउवालाई दिएको बुझिएको छ ।

देशमा फैलिएको कोरोना महामारीका बेला पनि कहिले दल फुटाउने विद्येयक ल्याएर राजनीतिक अराजकता ल्याउन खोल्ने, कहिले तोकिएको संसद वैठक पनि उपेक्षा गरेर जारी परम्परा तोड्दै संसदको अभिवेश हठात अन्त्य गर्ने त आफ्नै दलभित्र पनि अटेरी गर्ने स्वभाव प्रस्तुत गरिरहेका ओलीसँग उच्चा राजनीतिक सँस्कारले व्यवहार गर्नुपर्ने भन्दै काँग्रेस नेताहरुले दवाव दिइरहेको बुझिएको छ ।