कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना जित्नेको संख्या पनि दिनहुँ बढ्दो छ । आजसम्म ९०४ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो ।
बझाङ्गबाट १०, अछाम बाट १५, बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
अहिले प्रदेशमा सक्रिय २ हजार ६३१ संक्रमित उपचाररत छन् । संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
हाल सम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८३, बझाङ्गका १३९ ,बाजुरा ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ , कैलालीका ९५० र कंचनपुरका ४२८ गरि ३ हजार ५४२ रहेका छन ।
जस्मा महिला ८११ र पुरुष २ हजार ७३१ संक्रमित फेला परेका हुन ।