भारतमा कोरोना परीक्षण करोड भन्दा बढी

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणको परीक्षण संख्या करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१।१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । भारतभर एक हजार ११५ ल्यावबाट कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको छ ।

सङ्क्रमणका हिसाबले हेर्दा भारत विश्वको बढी प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना भाइरस संक्रमितको संख्या २३ हजार १३५ रहेको छ । ४७९ जनाको ज्यान गएको छ भने १६ हजार ८४९ जनालाई निको भएको छ ।

हालसम्म संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ । निको हुने ४ लाख ५७ हजार ५८ पुगेका छन् ।

मृतकको संख्या २० हजार ६५३ पुगेको छ ।