नेकपा स्थायी कमिटी बैठक फेरि २६ गतेसम्का लागि स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुन: स्थगित गरिएको छ ।

बैठक २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी कमिटी बैठक आज ११ बजे बालुवाटारमा बस्‍ने कार्यतालिका थियो । यसअघि २२ असारमा तय गरिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।