‘कोरोनाले रुवायो’ गीत आयो

काठमाडौं । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा गायक राजु परियार र गायिका पूर्णिमा मगरको आवाजमा ुकोरोनाले रुवायोु गीतको भिडियो सार्वजनिक भएको छ ।

विश्वमा फैलिएको कोरोनाको प्रकोपबाट परेको प्रभावलाई गीतमा समेटने प्रयास गरिएको छ । घरमै आपसमा रमाइला खुशीका खबरहरु साटासाट गदैँ आपसमा कुराकानी गरेर तीज मनाउनका लागि गीत मार्फत आग्रह गरिएको छ । राधिका पुन हमालको शब्द तथा लय सिर्जना गीत तयार पारिएको हो ।

महेश पुनको छायाँकन, सम्पादन तथा निर्देशन र खवपु मगरको कोरियाग्राफी भिडियोमा छ । भिडियोमा खवपु, प्रिया मगर, सिता मगर र मिराको अभिनय छ ।