साउन ७ गतेसम्म विद्युत महशुल बुझाउँदा जरिवाना नलाग्ने

काठमाडौं । नेपाल विद्यतु प्राधिकरणले चैत, वैशाख, जेठ, असार महीनाको विद्युत महसुल आगामी साउन ७ गते भित्र तिर्न सकिने व्यवस्था गरेको छ । प्राधिकरणले गत १९ गते उक्त मिति भित्र महशुल तिरेमा जरिवाना नलाग्ने निर्णय गरेको हो ।

सरकारले बन्दाबन्दीलाई पनि साउन ७ गतेसम्म लम्ब्याएको छ । सोही अनुरुप नै प्राधिरकणले यस्तो निर्णय गरेको हो । उक्त निर्णय सबै प्रकारका ग्राहकलाई लागू हुने बताएको छ ।

निर्धारित समयमा भित्र महशुल भुक्तानी नगरेमा तोकिएको मात्रामा जरिवाना लाग्ने गर्छ । तर, मुलुकमा जारी लकडाउनलाई दृष्टिगत गर्दै प्राधिरकणले महशुल भुक्तानीलाई सहज बनाउँदै आएको छ ।

साथै, विद्युत महशुलमा २५ प्रतिशत छूट पनि दिदैं आएको छ । साथै, प्राधिकरणले लकडाउन खुकुलो भएपछि सिंगल फेजका घरायसी मिटरहरु रिडिङ गर्न शुरु गरेको छ ।