काठमाडौं । अविरल वर्षापछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ स्थित जम्बु बजार बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । बाढीमा परी १४ जना बेपत्ता भएका छन् ।
हिजो साँझदेखि भएको वर्षापछि याल्मो खोलामा आएको बाढीले ११ घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । स्थानीयका अनुसार मृत्यु हुनेमा जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेका छन् ।
पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध गरेका कारण बाह्रबिसे बजारबाट घटनास्थलतर्फ जान सक्ने अवस्था नरहेको जनाइएको छ ।
जम्बुका साथै बाह्रबिसे नगरपालिकाको खाकडोल खोलामा आएको बाढीले पनि क्षति गरेको छ ।