काठमाडौं । भारतीय प्रहरीको सर्वाधिक खोजिमा रहेका अपराधिक गतिविधिका नाइके विकास दुबे मारिएका छन् ।
भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी उनी प्रहरी कार्वाहीमा मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुबे आठ जना पुलिसको हत्या आरोपी हुन् ।
पक्राउ परेका दुबेलाई लिएर कानपुर जाँदैगरेको प्रहरीको गाडी दुर्घटनामा परेपछि दुबे भाग्न खोजेका थिए । शुक्रबार बिहान दुर्घटनामा परेको एसटीएफको गाडीबाट भाग्न खोजेका दुबेले प्रहरीको पेस्तोल खोसेर हमला गर्न खोज्दा जवाफी कार्वाहीमा मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दुबे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका थिए । दुवेमाथि ६० वटा आपराधिक घटनाको केस दर्ता छ ।