अमेरिकामा एकै दिन थपिए ६१ हजारभन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई नै त्रसित बनाइरहेको भए पनि अमेरिकामा यसको भयावह अवस्था छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ भने १ करोड २३ लाख ८७ हजार ८२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७१ लाख ८७ हजार ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ४५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ भने ३२ लाख १९ हजार ९९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख २६ हजार ४२८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ लाख ५७ हजार ७४९ जना स्वास्थ्योपचार गराईरहेका छन् । त्यस्तै १५ हजार ६४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।