नेकपा स्थायी समिति बैठक सात दिनका लागि स्थगित

काठमाडौं । नेकपा स्थायी समिति बैठक फेरी एक साताका लागि स्थगित भएको छ ।

अविरल वर्षाका कारण मुलुकभर आएको बाढी र पहिरोका कारण स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बताए ।

बाढीपहिरो पीडितको उद्धार तथा राहतलगायतका काममा खटिन स्थायी कमिटी सदस्यहरु गृहजिल्ला जानुपर्ने भएकाले स्थायी कमिटी बैठक सात दिन स्थगित गरिएको उनको भनाइ छ ।

नेकपा स्थायी कमिटीको अर्को बैठक साउन २ गते बस्ने जनाइएको छ ।