प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके दुवे

एजेन्सी । भारतको उत्तर प्रदेश कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन । असार १८ गते आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको उनले आफ्ना समर्थक प्रयोग गरेर हत्या गरेका थिए ।

भारतीय संचारमाध्यमका अनुसार दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी कानपुर नजिकै दुर्घटनामा परेर पल्टिएपछि प्रहरीको हतियार खोसेर दुवे भाग्न खोजेका थिए । सोही क्रममा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको दाबी गरिएको छ ।

असार १८ मा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब इन्सपेक्टर र चार प्रहरी जवान मारिएका थिए ।

प्रहरीको हत्यापछि फरार दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो ।