प्रेस काउन्सिल नेपालले गरायो प्रेस काउन्सिल अफ इन्डियाको ध्यानकर्षण

काठमाडौं । नेपालका प्रधानमन्त्री र चीनका राजदूतको विषयमा भ्रामक, असन्तुलित लगायत अन्य विषयमा पनि भारतीय टिभी च्यानलले आपत्तिजनक सामग्री प्रशारण गरेकोप्रति प्रेस काउन्सिल नेपालले असन्तुष्टि जनाएको छ ।

भारतका केही सञ्चारमाध्यमबाट नेपाल र नेपालीविरुद्ध अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण गरिएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’समक्ष गम्भीर सरोकार राखेको प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ । काउन्सिलले प्रशारण बन्दको कार्वाहीका क्रममा १०० वटा अनलाइन न्यूज पोर्टलको बन्द गरेको छ ।

पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरुले दुर दर्शन बाहेक भारतीय च्यानलहरु विहीबारदेखि नेपालमा बन्द गरेका छन ।