बलिउड अभिनेत्री पायलको ट्विटर एकाउन्ट सस्पेन्ड

 एजेन्सी । बलिउड अभिनेत्री पायल रोहतगी सामाजिक सञ्जालमा सक्रिय भइरहने अभिनेत्रीमा पर्छिन । उनी प्राय सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक मुद्दामा आफ्नो सुझाव दिइरहेकी हुन्छिन । तर यही सुझाव उनका लागि पटक पटक महंगो हुने गरेको छ ।

विभिन्न सुझाव र विचारका कारण उनको ट्विटर अकाउंट सस्पेंड हुने गरेको छ यस्तै एकपटक फेरि उनको ट्विटर अकान्ट सस्पेंड भएको छ । यो कुराको जानकारी पायलले आफै दिएकी हुन । पायलले पछिल्लो समय अभिनेता सुशांत सिंह राजपूतको मृत्युलाई लिएर सामाजिक सञ्जालमा लगातार बलिउडमा भाइभतिजाबाद र वंशवाद कायम रहेको बारे आफ्ना विचार राखिरहेकी थिइन ।

पछिल्लो समय उनले आफ्नो आधिकारिक इन्टाग्राममा भिडियो सार्वजनिक गरेकी छिन । यस भिडियोमा उनले भनेकी छिन, ुकसैलाई केही नभन्दा पनि मेरो ट्विटर एकाउन्ट सस्पेन्ड गरिएको छ ।ु