आज विश्व जनसंख्या दिवशः महिला र बालिकाको स्वास्थ्य र अधिकारमा जोड

एजेन्सी । आज संसार भर विश्व जनसंख्या दिवश मनाइदै छ । हरेक वर्ष जुलाई ११ का दिन यो दिवश मनाइनछ । संसारमा बढ्दै गएको जनसंख्याप्रति मानिसहरुलाई जागरुक बनाउन यो दिवश मनाउन थालिएको हो ।

सन १९९८ देखि संयुक्त राष्ट्र विकास कार्यक्रमको सञ्चालक परिषदद्वारा यो दिवशको सुरुवात भएको हो । त्यसबेला विश्वको जनसंख्या ५ सय करोड थियो । आजको दिन संसारमा बढिरहेको जनसंख्याको दुष्परिणामबारे प्रकाश पार्ने गरिएको छ । मानिसहरुलाई जनसंख्या नियन्त्रण गर्ने विषयमा जागरुक गर्ने गरिन्छ ।

यस वर्षको विषय विशेष गरेर कोरोना महामारीको समयमा संसारभरका महिला र बालिकाको स्वास्थ्य र अधिकारको सुरक्षालाई बनाइएको छ । काममा जाने महिला प्राय असुरक्षित वातावरणमा काम गर्ने गरेका छन । श्रम बजारमा पनि प्राय महिलाले आर्थिक प्रभावबाट निकै प्रभावित हुने गरेका छन ।

संसारका करिब ६० प्रतिशत महिला आफ्नो श्रमको माध्यमबाट अनौपचारिक रुपमा अर्थव्यवस्थामा योगदान दिइरहेका हुन्छन । यस्तोमा उनीहरुमा परिरहेको आर्थिक प्रभावका कारण गरिबीतर्फ धकेलिने खतरा रहिरहने बताइएको छ ।

अहिलेको अवस्थामा तीब्र रुपमा जनसंख्या वृद्धि भइरहेको देशमा नाइजेरिया मानिन्छ । जुन सन २०५० सम्ममा अमेरिकालाई पछाडि छोडेर संसारमै बढी जनसंख्या भएको देशको सूचीमा तेस्रो स्थानमा पर्ने आंकलन गरिएको