आज पनि देशभर भारी वर्षा जारी

काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा आज पनि देशभर भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भइहेको छ ।

प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा भारी वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा बेलझुण्डीमा सबैभन्दा धेरै ८९.८ मिलिलिटर, उदयपरमा ८१.८ मिलिलिटर पानी परेको छ ।

यस्तै बर्दघाटमा ७९.४, परासीमा ७८.२, धनुषामा ५७.२, पश्चिम राप्तीमा ५०.६, इलाममा ४८.८ र सिन्धुलीमा ४२.६ मिलिलिटर पानी परेको छ ।

जुलाई यता काठमाडौँमा ५६.७० मिलिलिटर, पोखरामा ५०८.५० मिलिलिटर, वीरेन्द्रनगरमा ११०.५० मिलिलिटर, विराटनगरमा २७.९० मिलिलिटर पानी परेको छ ।

यस्तै धनगढीमा १४.९, वीरेन्द्रनगरमा १४.३, नेपालगञ्जमा ७४, जुम्लामा ९.९, घोराहीमा ३३, भैरहवामा १३५.३, काठमाडौँमा २८.४, ओखलढुंगामा १३.६, धनकुटामा ४२.१, विराटनगरमा ३.७, धरानमा ५०.५, लुम्लेमा ८४.३, जनकपुरमा ८.४ र जिरीमा ८३ मिलिलिटर वर्षा भएको छ ।

भारी वर्षासँगै बाढी, पहिरो र डुबान भइरहेकाले उच्त सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।