शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्लै रहने

काठमाडौं । आज शनिबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनपछि ती कार्यालयहरू खुल्न लागेका हुन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार राजश्व संकलन गर्ने शाखा तथा काउण्टर, बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर खुला हुन लागेका हुन् ।