पार्टीको विवाद छोडेर नेकपा अध्यक्ष दाहाल नदी कटान निरिक्षण गर्न चितवनमा

चितवन । नेकपा अध्यक्ष दाहाल अचानक चितवन पुगेका छन । केही दिनयता देशका विभिन्न स्थानमा बाढी, पहिरो र नदी कटान बढेसँगै पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल चितवनस्थित नारायणी दनी कटानको निरिक्षण गर्न चितवन पुगेको बताइएको छ ।

पार्टीमा आन्तरिक विवाद बढेको र स्थायी कमिटी बैठकमा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको प्रधानमन्त्री पदबाट ओलीका राजीनामा मागिरहेका बेला अध्यक्ष दाहाल बाढी, पहिरो र नदी कटानको निरिक्षणमा निस्किएका हुन ।

असार १० देखि चलिरहेको स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको विषय पेचिलो बन्दै गएपछि केही दिनदेखि स्थायी कमिटी बैठक साउन २ सम्मका लागि सारेर दुई अध्यक्ष दाहाल र ओलीबीच छलफल जारी रहेका बेला सम्बाद स्थगित हुने गरि दाहालको जिल्ला भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।