थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं । आइतबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २४ घन्टना ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । २४ घण्टामा थप एक सय ४७ जना उपचारपछि घर गएका छन् ।

योसहित निको हुनेको संख्या आठ हजार पाँच सय ८९ पुगेको हो। संक्रमितमध्ये हालसम्म ३८ जनाको मृत्यु भएको छ ।