संसारभर कोरोनाबाट एक करोड २८ लाखभन्दा बढी संक्रमित, पाँच लाख ६८ हजार दुई सय ९९ जनाको मृत्यु, ७५ लाख निको भए

एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी संक्रमित हुनेको संख्या एक करोड २८ लाख ६९ हजार ७ सय ९१ पुगेको छ । आइतबार दिउँसोसम्म संसारभर पाँच लाख ६८ हजार दुई सय ९९ जनाको मृत्यु भएको छ भने ७५ लाख १ हजार चार सय ९१ जना उपचारपछि निको भएका छन ।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार संक्रमित मध्ये सवैभन्दा धेरै अमेरिकामा ३२ लाख करिब ४३ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै संक्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना संक्रमित पुगेका छन ।

रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी संक्रमित भएको विश्वविद्यालयले जनाएको छ ।

भारतमा २४ घण्टामा २८ हजार संक्रमित
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी संक्रमित भएको बताइएको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६ सय ३७ जना संक्रमित फेला परेका छन भने पाँच सय ५१ जनाको मृत्यु भएको छ ।

एकैदिन ब्राजिलमा एक हजार ७१ को मृत्यु
ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी संक्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार चार सय ६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।