आज २०७ औँ भानुजयन्ती

काठमाडौं । आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती देशभर मनाइँदै छ । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेजस्तै आदिकवि भानुभक्तले रामायणमार्फत् भाषिक र सांस्कृतिक एकीकरण गरेको मानिन्छ । यही कारण उनी आदिकवि हुनुका साथै भाषिक एकीकरणका सूत्रधार हुन् ।

रामायाणको अनुवाद गरेर मात्र भानुभक्त आदिकवि भएका होइनन् । उनले सर्वसाधारण गाउँगर्खाका मानिसले पनि बुझ्ने र सहजै उच्चारण गर्नसक्ने सरल भाषामा रामायणको अनुवाद गरेकाले आदिकवि भानुभक्त भएका हुन् । उनको रामायण, प्रकाण्ड विद्वानदेखि सामान्य अक्षर चिनेकाले पनि श्लोक मिलाएर बाचन गर्न सक्छन ।

देशलाई भाषिक र साँस्कृतिक रुपमा एकीकरण गर्ने भानुभक्तको जन्मजयन्तीलाई लिएर आज विभिन्न साहित्यिक संस्थाले देशभर भौतिक र भर्चुअल कार्यक्रमको आयोजना गरेका छन ।