काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।