विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख नाघ्यो

एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ४८ हजार २ सय ४९ पुगेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि हालसम्म ५ लाख ७१ हजार ८ सय १७ जना पुगिसकेको छ । हालसम्म विश्वभर ७२ लाख १५ हजार ८ सय ६५ जना निको भइसकेका छन् ।

कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३३ लाख ६१ हजार ४२ पुगेको छ । अमेरिकामा मात्रै अहिलेसम्म १ लाख ३५ हजार ५ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।