लापरवाहीले महामारी खतरातर्फ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लापका कारण कोरोना महामारी खतरातर्फ गएको टिप्पणि गरेको छ । धेरै देशले आवश्यक निर्णय लिन नसक्दा महामारी झनै विकराल बन्दै गएको डब्लुएचओको ठहर छ ।

महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्नबाट धेरै देशहरू गलत दिशामा रहेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयसियसले डब्लुएचओले दिएको विधि र प्रक्रिया नअपनाइएका ठाउँहरूमा महामारी धेरै बढेको बताए । त्यसको केन्द्र विन्दू अमेरिका बनेको पनि डब्लुएचओले जनाएको छ ।

जेनेभामा आयोजित प्रेस ब्रिफिङमा डा.टेड्रोसले कोभिड महामारीबारे डब्लुएचओ भन्दा फरक उपायहरु भनिदा विरोधाभास देखिएको बताए । ‘यो भाइरस सार्वजनिक दुस्मन हुन्, तर धेरै सरकार र जनताको कार्यले यसलाई प्रतिविम्वित गर्दैन’, उनले भने ।

हात धुने, सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने जस्ता विधि नै महामारीबाट बच्ने विकल्प भएको उनले बताए । महामारीलाई गम्भीरताका साथ नलिए फेरि महामारी पुरानै अवस्थामा आउनसक्ने पनि उनले चेतावनी दिए ।