नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ जना संक्रमित पुष्टि भएको छ । महोत्तरीमा १९, अछाममा १४, दैलेख ६, पाल्पा र दाङ र कैलालीमा पाँच पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन(तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौं र नवलपरासी पूर्वमा दुई दुई संक्रमित फेला परेका छन् ।

उता सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक एक जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमण निको भएर घर फर्कनेको सङ्ख्या १० हजार तीन सय २८ छन् ।