विश्वभर थपिए २ लाख १६ हजार कोरोना संक्रमित

काठमाडौं । विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना सिंक्रमित थपिएका छन् ।

उक्त संख्यामा नयाँ संक्रमित थपिएसँगै बुधबार बिहानसम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४४९ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ ।

एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार निको भएका ७८ लाख ४६ हजार ४२३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।