विनोद चौधरीले दिए व्यवसायीलाई भाडा छुट

चितवन । ठूलो लगानी गरेर चितवनको भरपुरस्थित सञ्चालनमा ल्याएको अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभरको भाडा छुट दिने भएको छ ।

देशका ठूला व्यवसायी एवं सांसद विनोद चौधरीको निर्णयअनुसार ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको बताइएको छ । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।

चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएको बताइएको छ । ुउहाँ आफै पनि सफल व्यवसायी हुनुभएकोले व्यवसायीका समस्याबारे जानकार हुनुहन्छ,’ ल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चालक तथा सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भने, ुउहाँले मलका व्यवसायीको मर्का बुझेर लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’

चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलका व्यवसायीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताएका छन ।