सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुने पाँच जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण गएराति पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाहरुको परिचय खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, १४ वर्षका छिरिङवागु शेर्पा, ७५ वर्षका सुमवुट्टी शेर्पा, ३५ पर्षिय साङ्बु शेर्पा र ४० वर्षका सेमङ शेर्पा रहेका छन् ।

पहिरोले एउटा स्कूलमा पनि क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन । घटनास्थलमा उद्धारका लागि अझै प्रहरी पुग्न सकेको छैन ।

सांकेतिक तस्बिर