संक्रमितको कडा निगरानी गर्नु: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन निगरानीको निकै खाँचो भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि एक सय ४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो ।

भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये एक सय ४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ ।

तर पछिल्ला हप्ताहरुमा भारतमा प्रति दश लाख नागरिकमध्ये कतै कतै त आठ हजार जनाभन्दा पनि बढीमा परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार दुई सय भन्दा बढी प्रयोगशालाबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ ।

एक समाचारमा यहाँका सरकारी स्वास्थ्य संस्थामा आठ सय ६५ वटा ल्याब छन् । नीजि स्वास्थ्य संस्थाहरुमा तीन सय ५८ वटा परीक्षण गर्ने ल्याब छन् । ती ल्याबहरुबाट दिनहूँ ठूलो संख्याका मानिसको कोरोना परीक्षण गर्ने गरिएको छ ।