भारतमा कोरोनाबाट एकैदिन ६०६ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमण दिनहुँ तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६०६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २४ हजार ९१५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९ लाख ६८ हजार ८७६ पुगेको छ ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ९२ हजार ६०६ पुगेको छ भने मृतकको संख्या ५ लाख ८६ हजार ८३९ पुगेको छ ।

त्यस्तै विश्वभर ८१ लाख ४८ हजार ५२० जना कोरोना संक्रमित निको भएका छन् ।