नेपालको आफ्नै औषधि उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग

काठमाडौं। आयातित औषधि रोक्नुपर्ने र नेपालको आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै आएका औषधि उत्पादक संघले सरकारको चेतना माथि प्रश्न उठाएको छ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुलुकलाई चाहिने औषधि मुलुकमै उत्पादन गरी औषधिमा आत्मनिर्भर बनाउँछौं भन्दा पनि सरकारले वेवास्ता गरेकोले सरकारको चेतनाप्रति प्रश्न उठाएका छन्।

सरकारले नेपालमै उत्पादित औषधिलाई भन्दा पनि आयातित औषधिलाई प्रोत्साहन गरिरहेको भन्दै संघले औषधिको आयात रोक्नु पर्ने माग विगतदेखि नै उठाउँदै आएका पत्रकार सम्मेलन गरेर जानकारी दिए।

‘बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव विप्लब अधिकारीले प्रश्न गर्दै भने, ‘औषधि उत्पादन गर्ने औषधि बिज्ञ र औषधि बैज्ञानिकहरु नेपालमा नै उपलब्ध छन्। नेपालमा नै पढेका तिनीहरुले आफुलाई संसारभरि अब्बल साबित गरिसकेका छन् ।  तिनीहरुले स्वदेशमा आफुलाई अब्बल साबित गर्न नपाउने ?’

त्यस्तै उनले औषधि उत्पादकले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने कुरा अघि सार्दा सरकारलाई नपचेको बताए ।