बुटबल–तानसेन सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो जाँदा तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताएका छन ।

राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या भइरहेको बताइएको छ । पानी परिरहेको र पहिरो खसिरहेकोले बाटो खुलाउन समस्या भएको हो ।