अम्बिकाको ‘कति माया’ बजारमा

काठमाडौं । गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ।

गीतकार गुरुङको शब्दमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकी चल्तीकी गीतकार हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छिन ।

सार्वजनिक म्युजिक भिडियोमा नाजिर हुसेन र मोडल सुशिला थापाले अभिनय गरेका छन । शान थापाको निर्देशन रहेको गीतको भिडियो छायाँकन बुद्ध थापाले गरेका हुन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।